नियम ११६
लेखापरीक्षण गराई मात्र रमाना दिने
(१) आर्थिक कारोवार गर्ने कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको सरुवा हुदा निजहरूको पालाको आन्तरिक लेखापरीक्षण गराई भएको जवाफ वा प्रमाण पेश गर्न लगाई हालवालालाई वा हालवालालाई बुझाउने गरी मातहत कर्मचारीलाई बुझाई बरबुझारथ भएपछि मात्र रमाना लिनु दिनु पर्नेछ । बुझ्नेले पनि सो बमोजिम बुझिलिई अन्तिम लेखापरीक्षणको जवाफदेही लिनु पर्नेछ । यस्तो अवस्थामा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले पनि आन्तरिक लेखापरीक्षण तत्काल गरिदिनु पर्नेछ । बर बुझारथ गर्नु पर्ने व्यक्तिले से्रस्ता तयार गरी आन्तरिक लेखापरीक्षणको लागि सात दिन भित्र पेश गर्नु पर्नेछ । आन्तरिक
लेखापरीक्षणबाट निस्केको बेरुजुको जवाफ पनि सात दिन भित्र दिई बरबुझारथ सम्पन्न गरी निजामती सेवा सम्बन्धी प्रचलित कानूनले तोकेको समयभित्र रमाना लिई सक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आन्तरिक लेखापरीक्षण नगराई रमाना दिन नसकिने अवस्था भएमा सम्बन्धित सचिवको स्वीकृति लिएर मात्र रमाना दिनु पर्नेछ । स्रेस्ता पेश नगर्ने, आन्तरिक लेखापरीक्षण नगर्ने नगराउने र जवाफ दिन आलटाल गर्ने उपर विभागीय कारबाही गर्नु पर्नेछ ।